अन्ततः चलचित्र विकास बोर्डको अध्यक्षबाट राजीनामा दिइन् निकिताले

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी भोली बुधबारदेखि लागू हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको सार्वजनिक गरेकी छन्।
उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको पनि बताएकी छन्। उनी २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन्। नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलोपटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने अवसर आफूलाई प्राप्त भएको उनले बताएकी छन्।
आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको पनि विज्ञप्तिमा उल्लेख गरेकी छन। उनले आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने बताएकी छन्।
निकिता पौडेल रवि लामिछाने