News अर्थ

मापदण्ड मिचेर ३२ झोले एनजिओलाई एक करोड वितरण, कुन एनजिओलाई कति?

मापदण्ड मिचेर ३२ झोले एनजिओलाई एक करोड वितरण, कुन एनजिओलाई कति?

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीले मापदण्ड मिचेर ३२ झोले एनजीओलाई एक करोड वितरण गरेका छन्। रकम बाँड्न पदाधिकारीले अनुदान कार्यविधि नै संशोधन गरेका छन्।

 

‘प्रस्ताव आह्वान नै नगरी अपारदर्शी ढंगबाट ५० लाख निकासा भयो। दोस्रो किस्ता लिन ती एनजीओ सञ्चालकहरू अहिले परिषद् धाइरहेका छन्’ स्रोतले जानकारी दियो। गत पुस २७ मा पदाधिकारी बैठकले एनजीओलाई टेबल मनिटरिङ गरी रकम दिने निर्णय गर्‍यो।

 

परिषद् कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले कार्यसञ्चालन समितिबाट निर्णय गराएर अनुदान रकम वितरण गराएका हुन्। परिषद् कार्यसञ्चालन समितिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, उपाध्यक्ष कोषाध्यक्ष र सदस्यसचिव रहने व्यवस्था छ। तर, यो निर्णय प्रक्रियामा सदस्यसचिव संलग्न छैनन्। मन्त्रीलाई कोषाध्यक्षले दबाब दिएर निर्णय गराएको स्रोतको दाबी छ।

 

अनियमित रूपमा अनुदान वितरण भएको उजुरी परेपछि अख्तियारले कागजात झिकाएर छानबिन थालेको छ। दोस्रो किस्ता दिन कोषाध्यक्षले कर्मचारीलाई दबाब दिइरहेका छन्। ‘हामीले दबाबमा काम गर्नु परिरहेको छ। मन्त्रीले पनि रकम दिन दबाब दिनु भएको छ’, स्रोतले भन्यो।

 

सदस्यसचिवबाट कार्यसञ्चालन समिति (कास) मा प्रस्ताव पेस गरी निर्णय गर्नुपर्नेमा सिधै निर्णय गरियो। ‘यो दूरदराजका राम्रा संस्थाले पाउन्। पाएको रकम सदुपयोग होस् भन्ने हो। तर प्रक्रिया छलेर आफ्ना कार्यकर्ताका संस्थालाई कनिका छरेझैं छरियो’, परिषद्का एक उच्च अधिकारीले भने।

 

रकम पाउने संस्था

सम्वृद्धि मञ्च कालिकोट :३ लाख

बहुउद्देश्यीय अनुसन्धान केन्द्र नेपाल :२ लाख ५० हजार

राष्ट्रिय शारीरिक अपांग संघ, ललितपुर :२ लाख ५० हजार

एकीकरण नेपाल गोरखा :२ लाख ५० हजार

किताबी चरो काठमाडौं :३ लाख

एपी थेरापी काठमाडौं :३ लाख

भिजन नेपाल सिन्धुली :२ लाख ५० हजार

दुर्गा दशरथ स्मृति प्रतिष्ठान म्याग्दी :२ लाख ५० हजार

हिल नेपाल काठमाडौं :३ लाख

महिला मानव जागरण झापा :३ लाख

गतिशील जनचेतना अभियान गुल्मी :३ लाख

असल शासन क्लब, दार्चुला :३ लाख

म्यादी मगर समाज काठमाडौं :४ लाख ५० हजार

नव प्रतिभा समूह कैलाली :३ लाख ५० हजार

सोलुखुम्बु फाउन्डेसन सोलुखुम्बु :३ लाख

महिला सशक्तिकरण समाज कञ्चनपुर :३ लाख ५० हजार

परिवर्तन समाज नेपाल डोटी :४ लाख

महिला उत्थान समाज कैलाली :३ लाख ५० हजार

महिला मुक्ति मञ्च डलेलधुरा :३ लाख

पुकार अपांग अशक्त समाज झापा :२ लाख ५० हजार

जनहित कल्याण मञ्च महोत्तरी :२ लाख ५० हजार

शक्ति समाज काठमाडौं :२ लाख २५ हजार

मानव अधिकार विकास समाज, सिरहा :४ लाख

दलित सेवा संघ सिन्धुली :३ लाख

क्यान्सर समाज नेपाल, काठमाडौं :३ लाख

जनसेवा उत्थान मञ्च धनुषा :२ लाख ५० हजार

जीतबहादुर साहित्य प्रतिष्ठान, काठमाडौं :३ लाख ५० हजार

नारी उत्थान केन्द्र कञ्चनपुर :५ लाख

समृद्ध कर्णाली अभियान हुम्ला :३ लाख

बन्धु मिलन युवा समाज बझाङ :३ लाख

महिला सशक्तिकरण केन्द्र गोर्खा :३ लाख

समृद्ध नेपाल काठमाडौं :२ लाख

यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

समाज कल्याण परिषद्

विशेष