खानेपानी समस्या नियन्त्रण गर्न धारामा ताल्चा
तनहुँ । जिल्लाको भानु नगरपालिका–१३ बासपानीको खानेपानी समस्या नियन्त्रण गर्न तल्लो बासपानी खानेपानी उपभोक्ता समितिले धारामा ताल्चा लगाउन थालेको छ । खानेपानीको मूल सुक्न थालेको र भएको पानी पनि दुरुपयोग हुन थालेपछि समितिले धारामा ताल्चा लगाउने निर्णय गरेको हो । बिहान र बेलुका मात्रै धाराको ताल्चा खोलिने गरिएको छ ।
समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले खानेपानीको ट्यांकी सानो हुनुका साथै मूलबाट पर्याप्त मात्रामा पानी नआएका कारण खानेपानी संकट टार्न धारामा ताल्चा लगाउन थालेको बताए । ‘जथाभावी धारा खोलिने र भएको पानी पनि खेर जान थालेपछि दुरुपयोग रोक्न धारामा ताल्चा लगाएका हौँ,’ उनले भने, ‘संकलन भएको पानी बिहान–बेलुका मात्रै खोल्ने गरेका छौं ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
तनहुँ धारामा ताल्चा