News

मध्य तराईमा बढ्यो पूर्वराजा शाहको सक्रियाता, सोमबारसम्म २५० बढीसँग भेट

मध्य तराईमा बढ्यो पूर्वराजा शाहको सक्रियाता, सोमबारसम्म २५० बढीसँग भेट

काठमाडौं । दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । सपरिवार मध्य तराईको भ्रमणमा रहेका शाहले राजनीतिक भेटघाटलाई पनि समय दिँदै आएका छन्।

 

पूर्वराजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गरेका छन् । नितान्त व्यक्तगित भ्रमण भन्दै मध्य तराई र पूर्वी तराइको भ्रमणमा निस्केका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गरेका हुन् । भेटमा सबैले पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए । 

 

सिमरास्थित प्रभुशमशेरको निवासमा बस्दै आएका पूर्वराजा शाहले सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चना पनि गरेका थिए । कडा सुरक्षाका बीच पूजा अर्चना गर्न पुगेका उनलाई हेर्न सयौँ व्यक्तिहरू मन्दिर बाहिर भीड लागेका थिए ।

 

केही दिन सिमरा बसाइँपछि उनी सपरिवार झापा जाने कार्यक्रम छ । यसअघि उनी पोखरा भ्रमणमा थिए। त्यहाँ पनि उनले आफू निकटका व्यक्तिहरूसँग भेटघाट गरेका थिए । त्यसक्रमा उनको भेट नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता नाराणयण काजी श्रेष्ठसँग पनि अकस्मात भेटवार्ता भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह भ्रमण सिमारा

विशेष