खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते

धनुषा । खुकुरी प्रहारबाट धनुषामा नेपाली कांग्रेस कार्यकर्ता घाइते भएका छन्। जिल्लाको सबैला नगरपालिका-१०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको हो ।
कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भएर घर फिर्ता भएका कापरमाथि ८-१० जनाको समूहमा आएका सोही स्थानका शिव कुमार कापर, विजय पन्जियार, चन्दन पन्जियारसहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ । कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरु नेकपाका कार्यकर्ता हुन् । कापरको अवस्था गम्भीर रहेको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाली काँग्रेस खुकुरी प्रहार