भाइरल 'निर्दोश सेल्फी'लाई अनुपम खेरदेखि अमिताभसम्मले गरे शेयर, लेखे यस्तो क्याप्सन
एक अन्जान फोटोग्राफरले खिचेको केही बालबालिको निर्दोश फोटो हेर्दाहेर्दै सामाजिक सञ्जालमा तीव्ररूपमा शेयर भइरहेको छ। उक्त तस्बिरमा केही बालबालिका सेल्फीको जस्तो पोज दिएका छन्, यद्यपि सेल्फी लिरहेको बच्चाको हातमा मोबाइल फोन नभएर चप्पल छ ।
यो फोटोको शेयरिङ चेन भारतीय अभिनेता अनुपम खेयरबाट सुरु भएको हो । उनले उक्त सेल्फी माइक्रो ब्लगिङ साइट ट्विटरमा शेयर गर्दै क्याप्सनमा लेखेका छन् 'वस्तु उनीहरूका लागि सर्वश्रेष्ठ हुन्छ, जसलाई ती वस्तु कसरी सर्वश्रष्ठ बनाउन सकिन्छ भन्ने थाहा हुन्छ ।' त्यसपछि अन्य कलाकारले पनि उक्त फोटो शेयर गर्दै आफ्नो धारणा राखेका छन् ।
“Things turn out best for the people who make the best of the way things turn out.”:) #Attitude #Innocence #HeartWarming #SelfieWithAFootwear pic.twitter.com/Q6HOiyEkV5
— Anupam Kher (@AnupamPKher) February 3, 2019
अभिनेता बोमन इरानीले पनि उक्त फोटो शेयर गर्दै ट्विटरमा भनेका छन्, '''तपाईंलाई जति चाहिन्छ, तपाईं त्यति नै खुसी हुनुहुन्छ ।'' यो यस्तो भनाइ हो जुन सबैलाई समानरूपमा लागू हुन्छ ।' यो सेल्फीलाई बाँकी अरू सेल्फीभन्दा धेरै लाइक चाहिने उनले दाबी गरे ।
“You’re only as happy as you choose to be”. A saying that holds true for one and all!!
— Boman Irani (@bomanirani) February 3, 2019
And I’m sure this selfie deserves more likes than most. pic.twitter.com/KafEzq3mg8
त्यस्तै, कलाकार सुनिल सेट्टीले उक्त तस्बिरलाई इन्टाग्राममा एकाउन्टमा शेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन् 'यो तस्बिर शेयर गर्नबाट आफूलाई रोक्नै सकिन । खुसी वास्तवमै दिमागी अवस्था हो ।'
यद्यपि अभिनेता अमिताभ बच्चनको भने यो तस्बिरलाई हेर्ने नजर केही फरक छ । उनले तस्बिरको सट्टा आफ्नो विचार सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले आफ्नो ट्विटमा लेखेका छन्, 'आम मानिसहरू अब आम रहेनन्, उनीहरू सबै आफ्नो प्रचार गर्न सक्छन्, आफैँलाई माध्यम बनाएका छन्। आफू तर्फ कसरी आकर्षित गर्ने भन्ने सकिसकेका छन् । ध्यान आर्षित गर्नेका कामका लागि उसको मुद्रा, उसको धनराशि, उसको मूल्य बनको छ। उसको हतियार मोबाइल! कति मोबाइल गन्न सक्नुहुन्छ तपाईंले ?'
T 3080 -आम आदमी अब आम नहीं रहा ; वो ख़ास है । वो स्वयं अपना प्रचार कर सकता है - ख़ुद अपना माध्यम बन गया है ।अपनी ओर ध्यान कैसे आकर्षित किया जाए, सीख गया । ध्यान आकर्षित करना, उसकी मुद्रा, उसकी धनराशि, उसका मूल्य बन गया है । उसका हथियार - mobile ! कितने मोबाइल गिन सकते हैं आप ? pic.twitter.com/k0uohCQqUU
— Amitabh Bachchan (@SrBachchan) February 4, 2019
भाइरल सेल्फी