News

स्कुल परिसरबाट पेस्तोल र ७ राउन्ड गोलीसहित ३ जना पक्राउ

स्कुल परिसरबाट पेस्तोल र ७ राउन्ड गोलीसहित ३ जना पक्राउ

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट हतियारसहित पक्राउ तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् ।

 

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका थिए । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ ।  

पक्राउ हतियार धादिङ

विशेष