News

आजको मौसम : देशभरको मौसम बदली, हिमपात र छिटफुट वर्षाको सम्भावना

आजको मौसम : देशभरको मौसम बदली, हिमपात र छिटफुट वर्षाको सम्भावना

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा आज बुधबार रातिदेखि मौसम बदलिन शुरू भएर भोलि र पर्सि सामान्य वर्षाको सम्भावना रहेको छ। वर्षा सामान्य भए पनि अधिकतम तापक्रम १३/१४ डिग्री सेल्सियसमा झर्नाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार बुधबार दिउँसो देशका पश्चिमि भू-भागमा पूर्ण बदली, मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने संम्भावना रहेको छ भने पश्चिमि भू-भागका थोरै स्थानमा हल्का वर्षा र पश्चिमि र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 

राति भने देशभर सामान्यदेखि पूर्णबदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र मध्यका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहने महाशाखाको अनमान छ।

 

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान महाशाखाको छ। महाशाखाका देशको पश्चिमि साथै मध्य भू-भागको १/२ स्थानमा भारी वर्षासमेत हुनेछ। देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानमा भारि हिमपातको पनि सम्भावना रहेको छ।

 

बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको अनमान छ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानमा भारि हिमपातको अनुमान महाशाखाले गरेको छ।

 

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगको १/२ स्थानमा भारि हिमपातको पनि सम्भावना छ। त्यस्तै शुक्रबार राति देशभर सामान्य बदली रहने देखिन्छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

बुधबार बिहान ५:४५ मा काठमाडौं उपत्यकाको तापक्रम ६.८ डिग्री सेल्सियस मापन गरिएको छ भने हुमिडिटी ९७ प्रतिशत रहेको छ। दिउँसो उपत्यकाको तापक्रम बढेर २२ देखि २४ डिग्री सेल्सियस पुग्ने र राति ५ देखि ७ डिग्री सेल्सियसमा छर्ने अनुमान मशाखाले गरेको छ।

मौसम बदली

विशेष