News

सिएमसीलाई काममा फर्काउन सरकारी टोली र कम्पनीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता सुरु

सिएमसीलाई काममा फर्काउन सरकारी टोली र कम्पनीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम छोडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सिएमसीलाई काममा फर्काउन सरकारले प्रयास जारी राखेको छ । कम्पनीलाई काममा फर्काउन मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता सुरु भएको छ । बुधबारको वार्तामा कम्पनीले राखेका केही मागका विषयमा छलफल भएको छ । 

 

सिएमसीले आयोजनाको बाँकी काम सम्पन्न गर्न र कम्पनीले पाउन बाँकी सबै बक्यौता रकम बाँकी काम सम्पन्न गर्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी रकम फिर्ता हुनुपर्ने, काम सुरु गर्नुअघि सिंगापुर वा लन्डनमा वार्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोर्ट जफत नगर्ने प्रतिबद्धता आउनुपर्ने सर्त अघि सारेको थियो । 

 

सरकारी वार्ता टोलीमा खानेपानी मन्त्रालयका कानुनी सल्लाहकार गुणराज श्रेष्ठ, आयोजनाका उपप्रमुख भोजविक्रम थापा र मन्त्री विना मगरको तर्फबाट स्वकीय अधिकृत विजय भट्टराई छन् । कम्पनीका तर्फबाट प्रोजेक्ट सिएमसीका प्र्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको टोली सहभागी छ । वार्ता बिहीबारसम्म चल्नेछ । कम्पनीसँग कुनै सहमति नभए सरकारले औपचारिक रूपमा ठेक्का तोड्नेछ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । 

मेलम्ची खानपानी

विशेष