News

संस्कृत, वेद र योग विधामा अनुसन्धान गर्ने सहमति

संस्कृत, वेद र योग विधामा अनुसन्धान गर्ने सहमति

काठमाडौं : त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द गौतम स्मृति संस्थाविच संस्कृत केन्द्रीय विभागको नाममा बहुउदेश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योग लगायतका विधाहरूमा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ।

 

उपकुलपति कार्यालयमा बिहीबार आयोजित सम्झौता पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समाजका महत्वपूर्ण व्यक्तित्वसँग जोडिएर विश्वविद्यालयहरूका शुभचिन्तकहरूले अनुसन्धान केन्द्र खोल्ने प्रयत्न गर्नु आफैँमा पवित्र काम भएको बताए। विद्धानहरूको नाममा स्थापित संघसस्थाले विश्वविद्यालयका केन्द्रीय विभागहरूसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्नुको साथै ज्ञान उत्पादनमा महत्वपूर्ण सहयोग प्राप्त हुने बताए।

 

कुलचन्द गौतम स्मृति संस्थाका अध्यक्ष डा. प्रसन्नचन्द्र गौतमले संस्कृत र नेपाली साहित्यका विद्वान कुलचन्द्र गौतमको नाममा त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अध्ययन एवं अनुसन्धान हुनु मुलुककै लागी गर्वको विषय रहेको बताए। उनले संस्कृति केन्द्रीय विभागको नाममा ४ हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

 

त्रिवि संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा नारायणप्रसाद विद्वान कुलचन्द्र गौतमको नाममा प्राप्त सहयोगले संस्कृत केन्द्रीय विभागमा योगमा स्नातक विषय सञ्चालयमा ल्याउने र संस्कृत विषयका प्राज्ञिक अनुसन्धान कार्यलाई अघि बढाउने बताए। सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागको तर्फवाट विभागका प्रमुख प्रा.डा नारायणप्रसाद गौतम र कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा. प्रसन्नचन्द्र गौतमले हस्ताक्षर गरेका छन्।

संस्कृत

विशेष