News प्रदेश ७

 भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे

 भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे

बझाङ । बझाङमा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरेका छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ का दानु बोहराको भेडी गोठ पहिरोले पुरिँदा आईतबार २३ भेडा मरेका हुन् ।  स्थानीय कलकबहादुर बोहराका अनुसार भेडीगोठ माथि सडक भएका कारण केहि दिन अघिदेखि लगातार परेको बर्षा र हिमपातले पहिरो गएको हो । 

 

माघ १३ गते मात्रै चार लाख ५० हजार बरबर मूल्यमा खरिद गरी ल्याएका भेडाहरु मरेपछि भेडा मालिका दानु बहादुर बोहरा र धर्मराज बोहरा चिन्तित बनेका छन् ।  आर्थिक स्थिती कमजोर भएका बोहराका दुई दाजु भाईले साहुबाट झण्डै चार लाख ५० हजार ब्याजमा ऋण निकालेर भेडा खरीद गरेका थिए । उनीहरुका अनुसार भेडा मर्दा २ लाख बढीको क्षति भएको छ ।

बझाङ भेडी गोठ

विशेष