News

७ महिनासम्म किन गोप्य राखियो मन्त्रीहरूको सम्पत्ति विवरण?

७ महिनासम्म किन गोप्य राखियो मन्त्रीहरूको सम्पत्ति विवरण?

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । मन्त्रीहरूले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।

 

गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरूको आलोचना भएको थियो । उनीहरूको आर्थिक स्रोतमै प्रश्न उठेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने/नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने भएकाले आफू अनभिज्ञ रहेको तथा धेरै बोल्न नसक्ने बताए ।

 

सम्पत्ति सार्वजनिकबारे भ्रष्टाचार निवारण ऐन के भन्छ ?

भ्रष्टाचार निवारण ऐन, २०५९ मा कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्छ । त्यस्तै, हरेक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्छ । 

सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालय

विशेष