News

बाबुद्वारा १२ वर्षीया छोरी बलात्कृत  

बाबुद्वारा १२ वर्षीया छोरी बलात्कृत  

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकाको–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कृत भएकी छिन् ।  श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरी बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

 

श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी डर त्राशसमेत देखाई १२ वर्षकी छोरीलाई राति बलात्कार गरेका हुन् । आफ्नै श्रीमान भए पनि कानुनबमोजिम कारबाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना बाहिर आएको हो ।  

अर्घाखाँची बलात्कृत

विशेष