News

चीनमा अत्यधिक हिमपात, असर नेपालमा पनि

चीनमा अत्यधिक हिमपात, असर नेपालमा पनि

चीनको मध्य तथा उत्तरी क्षेत्रमा आगामी केही दिन अत्यधिक हिमपात हुने पूर्वानुमान गरिएको छ । राष्ट्रिय जलवायु केन्द्रले बुधबार सार्वजनिक गरेको पूर्वानुमानअनुसार बुधबार रातिदेखि नै ती क्षेत्रहरूमा अत्यधिक हिमपात शुरु भएको छ ।

 

हिमपात आउँदो शुक्रबारसम्म हुन सक्ने जलवायु केन्द्रका उच्च अधिकारीहरूले अनुमान गरेको समाचारमा जनाइएको छ । स्वशासित क्षेत्र तिब्बतमा भने बुधबार रातिदेखि शनिबारसम्म नै हुन सक्ने जलवायु केन्द्रको पूर्वानुमान छ । केन्द्रले दक्षिणपूर्वी क्षेत्र र साङगोङ, हुबेइ र हुनना प्रान्तमा भने बाक्लो हुस्सु लाग्न सक्ने जनाएको छ ।

 

चीनमा देखिएको मौसम खराबीको असर नेपालमा पनि देखिएको छ । नेपालमा पनि आगामी तीन दिनसम्म काठमाडौं उपत्यकालगायत देशैभर पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात हुने छ भने तराई तथा पहाडी क्षेत्रमा वर्षा हुनेछ ।

 

महाशाखाका अनुसार शनिबार देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमि भेगमा सामान्यतया सफा रहनेछ । त्यसपछि मौसममा सुधार हुँदै जाने अनुमान महाशाखाले गरेको छ ।

हिमपात

विशेष