शैक्षिक हड्ताल प्रभावः देशभरका निजी विद्यालय बन्द
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालले बिहीबार देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् ।
संगठनले हड्ताल घोषणा गरेपछि आज धेरैजसो निजी विद्यालयले बिहीबार छुट्टी दिए छन् । संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको यूनियनले जनाएको छ ।
शैक्षिक हड्ताल निजी विद्यालय बन्द