विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यक्रममै निदाएर 'हिरो' बने यी ११ वर्षीय बालक

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यक्रममै निदाएर 'हिरो' बने यी ११ वर्षीय बालक

एजेन्स : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो 'स्टेट आफ द युनियन स्पिच'का लागि बोलाएका ११ वर्षीय जोशुआ ट्रम्प कार्यक्रमकै बीचमा निदाएपछि उनलाई सामाजिक सञ्जालमा 'हिरो'को उपनाम दिइएको छ ।

 

ट्रम थर भएका कारण जोशुआलाई सँगै पढ्ने साथीहरूले जिस्क्याएर हराउन गराउँथे । सो कुरा थाहा पाएर मेलिना ट्रम्पले उनलाई स्टेट द युनियन स्पिचका लागि बोलाएकी थिइन् । साथीहरूले जिस्क्याएका कारण उनले स्कुल छोड्नु परेको थियो । आफ्नो भाषणका क्रममा ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने कुरा दोहोर्‍याइरहेका थिए त्यसैबेला जोशुआ निदाका हुन् ।

 

एक व्यक्तिले उनी निदाइरहेको फोटो खिचेर सामाजिक सञ्जालमा शेयर गर्दै लेखे, 'जोशुआ ट्रम्प राजाका राजा हुन्।' त्यस्तै, अर्का ट्विटर युजरले लेखेका छन्, 'जोशुआ ट्रम्पको विरोधमा तपाईंहरूलाई स्वागत छ।'

 

उक्त पोस्टपछि अन्य धेरै सामाजिक सञ्जाल युजरहरूले जोशुआको फोटो शेयर गर्दै रमाइलारमाइला टिप्पणी गरेका छन् । ज्याफरी इवान गोल्डले ट्विटमा लेखेका छन्, 'राष्ट्रपति ट्रम्पको स्टेट आफ द युनियनको क्रममा हामी सबै जोशुआ ट्रम्प बनेका थियौँ ।' अर्का युजरले लेखेका छन्, 'जोशुआ ट्रम्प मात्रै राम्रो ट्रम्प हुन् ।'

जोशुआ ट्रम्पका बुबाआमाले बताएअनुसार ट्रम्प थरका कारण उनका साथीहरूले इडियट र स्टुपिट भनेर गिज्याउँथे । साथीहरूले धेरै गिज्याएपछि उनले स्कुल नै छोडे । पुनः स्कुल जाँदा पनि उनका साथीहरू पुरानै कुरा दोहोर्‍याएपछि उनी हैरान थिए । त्यसपछि उनकी आमाले नयाँ गाडीको व्यवस्थापन गरिदिइन तर उक्त गाडीका ड्राइभरले उनको नाम सोधे पछि उनले फेरि हैरानी खेप्नु पर्‍यो ।

 

अमेरिकी फस्ट लेडीले आमन्त्रित गरेका १३ मध्ये उनी एक हुन् । स्टेट आफ द युनियनको वार्षिक सम्बोधनमा ५३५ सदस्यहरूले कुनै पनि पाहुनालाई बोलाउन सक्छन् । उक्त समारोहमा राष्ट्रपतिले आफ्नो उपलब्धि र आगामी योजनाका बारेमा बताउँछन् ।

डोनाल्ड ट्रम्प मेलिना ट्रम्प

विशेष