News

दिल्ली पुगेको निगमको एयरबस अवतरण नगरेरै फर्कियो  

दिल्ली पुगेको निगमको एयरबस अवतरण नगरेरै फर्कियो  

काठमाडौं । काठमाडौँबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० अवतरण नगरेरै काठमाडौँ फर्किएको छ । दिल्लीस्थित इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण निगमको विमान अवतरण हुन नसकेर काठमाडौँ फर्किएको निगमका प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।  

 

वक्ता कोइरालाले भने, ‘आँधी र हावाहुरीका कारण विमान दिल्लीमा अवतरण नगरी काठमाडौँ फर्किएको हो ।’ बिहीबार बेलुकी अन्य थुप्रै उडानहरू दिल्लीमा अवतरण हुन नसकेर फर्किएका निगमले जनाएको छ । आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौँबाट उडेको थियो । यो रुटमा एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ । उक्त विमानले दिल्लीमा अवतरण गर्न नपाएपछी साँझ साढे ८ बजे काठमाडौंमै अवतरण गरेको थियो ।
 

कुनै पनि उडानमा रहेको विमानले गन्तव्य विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको अर्को वैकल्पिक विमानस्थलमा अवतरण गर्ने योजना बनाएको हुन्छ । काठमाडौँ दिल्ली रुटमा नजिककैको वैकल्पिक विमानस्थल लखनऊ पर्छ । तर, लखनऊमा निगमको कार्यालय र ग्राउन्ड ह्याण्डलिङ्ग एजेन्ट नभएकाले काठमाडौँ फर्किएको प्रवक्ता कोइरालाले बताए । उनले दिल्लीको मौसममा सुधार आएमा फेरी दिल्ली उडान गरिने बताए । दिल्लीबाट काठमाडौँ फर्किने यात्रुको सङ्ख्या १ सय ५० थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपाल वायुसेवा निगम दिल्ली एयरबस ३२०

विशेष