News

मन्त्रीकै अगाडि जानकी मन्दिर परिसरमा अश्लील नृत्य

मन्त्रीकै अगाडि जानकी मन्दिर परिसरमा अश्लील नृत्य

जनकपुरधाम । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लिल गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भईरहेको छ । प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भईरहेको छ ।

 

कार्यक्रममा उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय पनि सहभागी थिए । मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन अचेल जानकी मंदिरको प्रांगणमै अर्धनग्न नृत्यमा रमाएको टिप्पणी गरे । आयोजकले सोचेका थिए होला भोजपुरीको ललिपप बोलको गीतले मधेसी र मधेशवाशीलाई खुशी पार्न सकिन्छ तर, प्रभाव उल्टो पर्यो । युवा अभियानी दीपक ठाकुरले यस्ता नृत्यले संस्कार विगारेको आरोप लगाएका छन् । उनले ठिप्पणी गर्दै भने ‘जनकपुरधामलाई समाप्त पार्ने छूट कसैलाई छैन ।’

 

समाजसेवी अमरचन्द्र अनिलले जानकी मन्दिर परिसरलाई धार्मिक बाहेकको कार्यक्रम गर्नमा प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले धार्मिक स्थलमा अश्लिलता देखाएर जनकपुरधामको छवि विगार्ने काम भएको बताए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

जनकपुरधाम जानकी मन्दिर

विशेष