विदेश

युवान्डामा बिबिसीका पत्रकार पक्राउ

युवान्डामा बिबिसीका पत्रकार पक्राउ

एजेन्सी ।  बिबिसीका पत्रकारहरूको एक टोलीलाई युगान्डाको राजधानी कम्पालाबाट पक्राउ गरेको छ । सरकारी औषधिको गैरकानुनी बिक्रीको सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङमा खटिएका पत्रकारहरूको टोलीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको बिबिसीले जनाएको छ।

 

तर, युगान्डा सरकारका प्रवक्ताले उनीहरूलाई तत्काल रिहा गर्न अपिल गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । बिबिसीले भने सम्बन्धित अधिकारीहरूसँग आफ्ना प्रतिनिधिको सम्पर्क रहेको र अवस्था सामान्य बनाउने कोशिस जारी रहेको जनाएको छ ।

 

सरकारी प्रवक्ताले रोयटर्ससँग भनेका छन्, ‘प्रहरीले किन पक्राउ गर्‍यो भन्ने कुरा मलाई अझैसम्म थाहा छैन । मेरो विचारमा यी पत्रकारहरुले प्रशासनको गडबडी उजागर गरेर सरकारकै मद्दत गर्दै थिए ।’

बिबिसी

विशेष