विदेश

ट्रम्पका प्रशासनप्रति अमेरिकी आक्रोशित, वरिष्ठ सल्लाहकारमाथि नै ‘हातपात’

ट्रम्पका प्रशासनप्रति अमेरिकी आक्रोशित, वरिष्ठ सल्लाहकारमाथि नै ‘हातपात’

पछिलो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारीहरूमाथि हातपातको घटनाहरूमा वृद्धि भएको छ । केही महिनाको अन्तरालमा ट्रम्पका तीन अधिकारीहरूलाई सार्वजनिक स्थानमै हातपात हुनुका साथै बहिस्काको समस्या झेल्नु परेको छ।

 

हालै ट्रम्पकी निकट एवं ह्वाइट हाउसकी वरिष्ठ सल्लाहकार केल्यान कन्वेमाथि 'हातपात' भएको घटना बहिर आएको छ । यसअघि पनि २ दुईजना अधिकारीमाथि सार्वनिक स्थानमै हातपात भएको थियो। केल्यानले एक रेष्टुरेन्टमा उनकी किशोर छोरीकै अगाडि एक महिलाले हातपात गरेको आरोप लगाएकी हुन् ।

 

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार गत अक्टोबरमा वासिङटन डिसीभन्दा केही बाहिर हरेको एक रेष्टुरेन्टमा उनीमाथि हातपात भएको हो । केल्यानले मिडियालाई दिएको जानकारीअनुसार एलिजावेथ इनाबिटेनले उनलाई एक्कासी पछाडिबाट आएर झक्झक्याउँदै हमाला गरेकी थिइन्। तर, आरोपित एलिजावेथले भने उक्त प्रकृतिको हमाला नगरेको भन्दै आफूमाथि  लागेका आरोपहरू अस्वीकार गरेकी छन्। आरोपको खण्डन गरेकी छन् । आगामी मार्च महिनामा उनी उक्त मुद्दाको सुनुवाईका लागि अदालतमा उपस्थित हुँदै छिन् ।

 

केल्यानले अमेरिकी सञ्चार संस्था सिएनएनसँग ती महिलाको क्रोध नियन्त्रण भन्दा बाहिर रहेको र उनको व्यवहार आफूले वर्णन गर्नै नसक्ने किसिमको रहेको बताएकी छन्। उनले ती महिलाको अनुहारमा क्रोध र आतंक देखेको जिकिर गरिन्। उक्त घटना लागत्त बपतकालीन सेवा प्रदायकलाई खबर गरेको तर उनीहरू आउनु भन्दा पहिल्यै तीम महिला उक्त रेष्टुरेन्टबाट हिँडिसकेको बताइन्। यद्यपि उक्त घटनाका केही फुटेजहरू आफ्नी किशोरी छोरीले मोबाइलम कैद गरेको उनको दाबी छ।

 

तर आरोपी एलिजाबेथका तर्फका वकिलले एक विज्ञप्ति जारी गर्दै उनले केल्यामाथि हमला नगरेको तर संविधानप्रद्त्त अधिकार अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गरेको जनाएका छन्।  उनले अदालतमा आफू निर्दोष रहेको जिकिर गर्ने उनका वकिले बताएका छन्।

 

अमेरिकामा यसअघि पनि ट्रम्पका अधिकारीहरूमाथि यसरी नै हमला भएका घटना बाहिर आएका थिए । जुन १९ मा होमल्यान्ड सुरक्षा मन्त्रीलाई एक रेष्टुरेन्टमा हातपात गरेका थिए । म्यक्सीको सीमामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुटाएको भन्दै केही अभियानकर्ताहरूले ती बालबालिकाको पुकार सुन्न सक्छौ भन्दै उनीमाथि चिच्याएका थिए। उक्त घटनाको केही दिन पछि ह्वाइट हाउसकी प्रेस अधिकारी स्यारा स्याण्डर्सलाई पनि आप्रवासीकै विषयलाई रेष्टुरेन्ट छोड्न लगाएका थिए ।

डोनाल्ड ट्रम्प

विशेष