सरकारले सरसफाइ कार्यविधि ल्याउने
काठमाडौं । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि ल्याएको छ ।
सनिबार काठमाण्डौमा आयोजित बागमती सफाई महाअभियानको ३ सय औ हप्ताको विशेष कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यविधिको विमोचन गरेका हुन् । बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिक स्थलको अक्रिमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृति, प्राकृतिक एवं वातावरणीय सम्पदाको रुपमा रहेका सार्वजनिक स्थलहरु नदी, खोला, नाला, पोखरी, ताल तलैया, पार्क, उद्यान एवं धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहर, खुलास्थान तथा अन्य सार्वजनिक स्थलको सरसफाई थप प्रभावकारी बनाउन सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ७ अनुसार कार्यविधि ल्याएको हो ।
कार्यविधिमा विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं अन्य धरोहर तथा सडक, नदी नाला लगायतको सरसफाई गर्ने पने जिम्मेवारी गाउपालिका तथा नगरपालिकाको रहेको छ । त्यसका लागि स्थानीय सरकारले विभिन्न अभियान संञ्चालन गर्न सक्नेछन् ।
सरसफाई वृहत अभियान भएकाले कार्यविधिमा स्थानीय सरकारदेखि आम नागरिकको सक्रिय सहभागीता तथा स्थानीयतहका अन्य सरकारी कार्यालय, गैह्सरकारी संघ संस्थासंगको सहकार्य र समन्वयलाई पनि प्राथमिकता दिईएको छ ।
सरसफाइ कार्यविधि