News

मन्त्री अधिकारीको सहित सातै जनाको शव टुँडिखेल लगिँदै

मन्त्री अधिकारीको सहित सातै जनाको शव टुँडिखेल लगिँदै

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शवलाई टुँडिखेल लान लागिएको छ। त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम सकेर अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेल लान लागिएको हो।

 

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबले सबै सातै जनाको पोस्मार्टम सकेर साढे सातबेज शव हस्तान्त्रण गरेको जनाएको छ। बिहीबार शवको पहिचान हुन नसकेपछि डिएनए परीक्षणबाट शवको पहिचान गरेर पोस्टर्माटम गरिएको हो। 

 

शुक्रबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसहित विशिष्ट व्यक्तित्व, सर्वसाधारणले टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि अधिकारीको शव गृहनगर पोखरा पुर्‍याइने तयारी छ ।

 

बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई ९एएस ३५०–एच १२५०’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

 

ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।

हेलिकोप्टर दुर्घटना रवीन्द्र अधिकारी

विशेष