News

हेलिकोप्टर दुर्घटना : आज राष्ट्रिय सम्मानसहित बिदाइ, राष्ट्रपति टुँडिखेल पुगेर अन्तिम श्रद्धाञ्जली दिने

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री टुँडिखेल पुगेर अन्तिम श्रद्धाञ्जली दिने

हेलिकोप्टर दुर्घटना : आज राष्ट्रिय सम्मानसहित बिदाइ, राष्ट्रपति टुँडिखेल पुगेर अन्तिम श्रद्धाञ्जली दिने

काठमाडौं । ताप्लेजुङको फुङलिङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई शुक्रबार राष्ट्रिय सम्मान दिइने भएको छ । शव पोस्टमार्टममा ढिलाइ भएपछि बिहीबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सम्मानको कार्यक्रम स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार राष्ट्रिय सम्मान कार्यक्रम राखिएको जनाएको छ ।

 

शुक्रबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसहित विशिष्ट व्यक्तित्व, सर्वसाधारणले टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि अधिकारीको शव गृहनगर पोखरा पुर्‍याइने तयारी छ । बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई ९एएस ३५०–एच १२५०’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

 

दुर्घटनामा मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।

हेलिकोप्टर दुर्घटना

विशेष