आईसीसी वरियाताः रोहित शर्माभन्दा पारस अगाडि!

आईसीसी वरियाताः रोहित शर्माभन्दा पारस अगाडि!

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को पछिल्लो वरीयताक्रममा नेपाललले एक स्थान सुधार गरेको छ । पछिल्लो पटक सार्वजनिक भएको वरियतामा नेपाल टी–ट्वेन्टी वरियतामा १४ औँ स्थानमा पुगेको हो । आईसीसीका अनुसार नेपालले सात खेलबाट ३०३ अंक प्राप्त गर्दै यो वरीयतामा पुग्न सफल भएको हो ।

 

यसअघि नेपाल १५ औँ स्थानमा थियो । १८ देशको वरीयतामा पहिलोमा पाकिस्तान, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा दक्षिण अफ्रिका र पाँचौँमा इंग्ल्याण्ड रहेका छन्। न्यूजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश क्रमशः छैटौँदेखि दशौँ स्थानसम्म छन्। स्कटल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स ११ औँ, १२ औँ र १३ औँ स्थानमा छन्। १४ औँ नम्बरमा परेको नेपालभन्दा पछि १५ औँमा यूएई, १६ औँमा हङकङ, १७ औँमा आयरल्याण्ड र १८ औँमा ओमान छन्।

 

यसैबीच, टी–ट्वेन्टीकी खेलाडी वरीयतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का अलराउण्डरतर्फ ३७ औँ स्थानमा उक्लिन सफल भएका छन्। ७६ अंकसहित सोही स्थानमा पाकिस्तानका इमाद आसीम र नेदरल्याण्डका मिचेल रिप्पोन छन्। भारतीय अलराउण्डर रोहित शर्मा भने टी–ट्वेन्टी वरियतामा पारसभन्दा पछाडि ४० औँ स्थानमा छन्।
 

कप्तान पारस खड्का आईसीसी बरियाता

संम्बधित खबर

विशेष