पोखरामा यसरी गरिनेछ स्व. मन्त्री अधिकारीको अन्त्येष्टि
पोखरा । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर शुक्रबार गृहनगर पोखरा लगिने भएको छ । अनेरास्ववियुका नेता अर्जुन अधिकारीले काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर ल्याई शवयात्राका साथ अन्त्येष्टि गरिने जानकारी दिए ।
अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ । बायाँ (पूर्वपट्टि) बाट श्रद्धाञ्जली दिएर बायाँ (पश्चिमतर्फबाट) बाहिरिन मिल्ने गरी व्यवस्थापन गरिएको छ । प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
मन्त्री रवीन्द्र अधिकारी पोखरा हेलिकोप्टर दुर्घटना