सांसदहरुको निकम्मापनका कारण गैरनेपालीको आरोपी मुस्लिम समितिको अध्यक्ष बन्दै
काठमाडौं । संसदीय सुनसवाई समितिले कुनै निर्णय नगर्दा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीको नियुक्ति बाटो स्वतः खुलेको छ ।
नियमले तोकेको सीमाअवधिभित्र समितिले अन्सारीका विषयमा कुनै निर्णय लिन नसकेपछि उनलाई अध्यक्षमा नियुक्तिको बाटो खुलेको हो ।
संवैधानिक परिषद्ले माद्द १० गते अन्सारीसमेत पाँचजनालाई विभिन्न संवैधानिक आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिससहितको पत्र समितिमा पठाएको थियो ।
यो समाचार नागरिक दैनिकबाट लिएका हौं ।