राष्ट्रपतिको स्कर्टिङको लागि १४ करोडको मोटरसाइकल
काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी कारगेडमा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दिएको छ ।
त्यस्तै प्रधानमन्त्रीका लागि ७ वटा र उपराष्ट्रपतिका लागि ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेको छ ।
राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँ बराबरको हेलिकोप्टर र १४ करोडको मोटरसाइकल किन्ने निर्णय भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । ।उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लगागिरहेको बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीकालागि १३ करोड ९७ लाख रुपैयाँका ६५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद गर्ने सम्झौता भइसकेको छ ।
यो समाचार नागरिक दैनिकबाट लिएका हौं ।