विदेश

आज उत्तर कोरियामा संसदीय निर्वाचन, किम एक्ला उम्मेदवार

आज उत्तर कोरियामा संसदीय निर्वाचन, किम एक्ला उम्मेदवार

एजेन्सी । आज उत्तर कोरियामा संसदीय निर्वाचन हुँदैछ। नेता किम जोङ उन सत्तामा आएपछि दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो।

 

अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प रहेको र १७ वर्षमाथिका नागरिकलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।  सोही कारण पहिलो संसदीय निर्वाचनमा सतप्रतिशत मत खसेको थियो।

 

किम परिवारले शासन गरिरहेको उत्तर कोरियामा मतदानका लागि हरेक नागरिकलाई उर्दी जारी गरिएको छ।  निर्वाचनलाई उत्तर कोरियाले जनगणनाका रूपमा लिने गरेको छ। उत्तर कोरियामा निर्वाचन एक मात्र विकल्प रहे पनि गोप्य मतदानका लागि समेत नागरिक डराउने गरेको उत्तर कोरियाली जानकार फ्योडोर टेर्टस्किले बताए। कुनै पनि कानुन निर्माणका लागि नेता किमको स्वीकृतिपछि संसदले मोहर मात्रै लगाउने अधिकार पाएको छ।

 

'हामीले देशका सबै जनता एउटै परिवारका सदस्य ठान्छौँ त्यसैले हाम्रो मन र मस्तिस्क एक छ। यसकारण हामीलाई एउटै उम्मेदवारलाई भोट दिन कुनै हिचकिचाहट छैन' सामाजिक महिला युनियनकी ५७ वर्षीया अधिकारी साङ योङ रानले समाचार संस्था एएफपीलाई बताइन्। कोरियामा देशभन्दा बाहिरका समाचार संस्थासँग कुरा गर्दा यहाँका नागरिकले उच्च अधिकारीलाई सधै सम्मान गरेर बोल्ने गर्छन्। यहाँको मतदानमा किन एउटै व्यक्तिको मात्रै नाम छ भन्ने प्रश्नमा उनले अगाडि थपिन् 'हाम्रो व्यवस्था अत्यान्तै राम्रो छ। हामीले हाम्रो सुपिरम लिडरलाई विश्वास र सम्मान गर्छौँ।'

किम जोङ उन

विशेष