पूर्वराजा शाह झापामा, बुधवारबाट तराईका जिल्लाको भ्रमणमा निस्कने
राजनीतिक अन्योल बढिरहेकाबेला पूर्वराजा ज्ञानेन्द्र शाह तराईका जिल्लाको भ्रमणमा निस्कने भएका छन् । शाहले आउँदो बुधबारदेखि तराईका जिल्लाको भ्रमण गर्ने भएका हुन ।
शाहले बुधबारदेखि धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको भ्रमण गर्ने तय भएको उनको निजी सचिवालयले जनाएको छ । आमा रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा समस्यादेखि पछि निर्धारित भ्रमण स्थगित गरेर काठमाडौँ फर्किएका शाह आमाको स्वास्थ्यमा सुधार आएपछि झापा फर्किएका हुन् ।
मुलुकमा दुई तिहाइको सरकारले अपेक्षा अनुसार काम गर्न नसकि विवाद मात्र निम्त्याएपछि जनतामा निराशा बढ्दै गएको छ । शाहको सद्भाव भ्रमण भनिएपनि यसले राजनीतिक अर्थ बोकेको छ ।
शाह जनताको मनोभावना बुझ्दै पुनः मुलुकको शासन सत्ता हातमा लिने गृहकार्यमा रहेको बिश्लेषण गरिएको छ ।