News

भारतद्वारा नेपाल राजस्व अनुसन्धान विभागका ५० कर्मचारीहरुलाई तालिम प्रदान

भारतद्वारा नेपाल राजस्व अनुसन्धान विभागका ५० कर्मचारीहरुलाई तालिम प्रदान

काठमाडौं । नेपाल सरकारको अनुरोधमा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीहरुका लागि तयार पारिएको “राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण” विषयक पाँच दिने विशेष तालिम आजदेखि सञ्चालन भएको छ । 

 

भारतको फरीदाबाद स्थित ‘नेसनल अकेडेमी अफ कस्टम्स, इन्डाइरेक्ट ट्याक्स एन्ड नारकोटिक्स’(एनएसिआइएन) मा भएको यस तालिम “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो । 

 

भारतीय दूतावासले विज्ञप्ती जारी गर्दै यस पहलकदमी अन्तर्गत राजस्व अनुसन्धान विभाग, नेपालका कूल ५० कर्मचारीहरुलाई तालिम दिईने जनाएको छ । विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोहि स्थानमा आफ्नो तालिम २०७५ चैत्र ११ गते देखि सुरु गर्नेछन् । 

यस तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी तथा सुसज्जित बनाउन सहयोग गर्नेछ जसबाट राजस्व अनुसन्धान विभागको राष्ट्र निर्माण योगदानमा थप उर्जा मिल्ने विज्ञप्तीमा जनाइएको छ ।

 

अप्रत्यक्ष कर संकलन तथा औषधी कानुन प्रवर्तनको क्षेत्रमा एनएसिआइएन भारत सरकारको शीर्ष तालिम संस्था हो । विश्व भन्सार संगठन एसिया/प्रसान्त क्षेत्रका लागि यो संस्था मान्यता प्राप्त क्षेत्रीय तालिम केन्द्रको रुपमा रहेको छ । साथै यस संस्थाले विभिन्न अन्तराष्ट्रिय संगठनहरुसँग पनि काम गर्दछ । 

राजस्व अनुसन्धान विभाग

विशेष