विदेश

बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो ।

 

छोरीका बाबु त्रिभुवन साहले भने, 'बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्नेसमेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।'

 

नातेदारहरूका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुलीले मण्डप छाडेर भागिन् ।

 

दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन् । अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् ।

 

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरूको मृत्युसमेत हुने गरेको छ ।

विवाह

विशेष