अन्तरिक्षमा कसरी हुन्छ 'सेक्स'? नासाका पूर्वप्रमुख बोल्टनको यस्तो खुलासा
एजेन्सी । अन्तरिक्ष यात्रामा पहिलाभन्दा धेरै सस्तो भएको छ। अहिले त निजी अमेरिकन कम्पनीहरू अन्तरिक्षमा यात्रीहरूलाई पठाउनका लागि प्रविधि तयार गर्दछन्। यी कम्पनीहरूसँग क्रु मोड्युल छन्, जसका माध्यमबाट मानिसहरू अन्तरिक्षमा यात्रा गराउन तयारी गरिका छन्।
तर, अन्तरिक्षमा यात्रीहरूलाई पठाउने विषयसँग जोडिएको अर्को एउटा सवाल छ पनि छ। जुन सवालले अहिले विशेषज्ञहरूलाई निरन्तर समस्यामा पार्दै आएको छ। आजै नभए पनि भोलिका दिनमा अन्तरिक्षमा बसाइँ सर्ने सम्भावना उच्च छ। अन्तरिक्षमा बसाइँसराइ गरेपछि सन्तान उत्पादनको प्रकृतिक प्रक्रिया कसरी सञ्चाल हुन्छ भन्ने सवालले अहिले विशेषज्ञहरू समस्यामा परेका हुन्। गुरुत्वाकर्षण नभएको र धेरै रेडियन भएको उक्त 'दुश्मन' वातावरणमा मानिसहरूले यौन सम्बन्ध कसरी स्थापित गर्लान् त?
अहिले भारतले पनि 'गगनयान'मार्फत भारतीय यात्रीलाई अन्तरिक्षमा पठाउने तयारीमा जुटेको छ। अमेरिकी प्राइभेट रकेटका माध्यमबाट अन्तरिक्षयात्रीलाई भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउन लागिएको हो।
प्रविधिको तीव्र विकाससँग मानिसहरूका सोख पनि बदलिएका छन्। अहिलेका मानिसहरू अन्तरिक्षको रोमान्चक यात्रा र ग्रह तथा उपग्रहमा बस्ने विचार बनाइरहेका छन्। यो विचारसँग उब्जिएको जटिल प्रश्न हो अघिल्लो पुस्ताको निरन्तरताका लागि यौन सम्बन्ध। मानव जीवनलाई निरन्तरता दिने प्रश्नको जवाफ खोज्नका लागि अतिआवश्यक देखिन्छ।
यही विवादास्पद प्रश्नलाई लिए एनडिटिभीले जनरल चार्ल्स बोल्डनसँग कुराकानी गरिएको छ। बोल्डन चारवटा अन्तरिक्ष अभियानसँग जोडिएका व्यक्ति हुन्। उनी आठ वर्षसम्म नासाको प्रमुख पनि रहेका थिए। अहिले उनी भारत-अमेरिका अन्तरिक्ष सहयोगको प्रचार प्रसारका लागि भारतमा आएका छन्।
एनडिटिभीका विज्ञान सम्पादक पल्लव बागलाले नासाका पूर्वप्रमुख दिग्गज अन्तरिक्षयात्री तथा अमेरिकाका अन्तरिक्ष मामिलाका दूतसमेत रहेका चार्ल्ससँग यिनै प्रश्नको उत्तर खोज्ने प्रास गरेका छन्। उनसँग मानिसले गुरुत्वाकर्षणबीना अन्तरिक्षमा यौन सम्बन्ध कसरी स्थापित गर्छ र शिशु कसरी जन्माउँछ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिइएको छ।
प्रश्न : यदि हामी अर्को कुनै ग्रह वा चन्द्रमामा गएर बसौँ भने शिशुलाई कसरी जन्म दिन सक्छौँ?
उत्तर : हामी... अ.. यदि तपाईं बच्चा जन्माउन चाहानुहुन्छ भने जसरी हामी जन्मियौँ त्यसरी नै जन्मिन्छन्…। यो पुरुष र महिलाबीचको मामिला हो। तपाईंलाई थाहा नै छ यो सबै प्राकृतिक रूपमा आफैँ भई नै हाल्छ...।
मेरो विचारमा यो विषयमा धेरै अनुसन्धान भएका छन् जस्तो मलाई लाग्दैन। किनकि यो यस्तो प्रक्रिया हुन्छ, जस्तो हामी अन्तरिक्षमा बाथरुम जान्छौँ। हामीले त्यहाँ केही नयाँ वस्तु पत्ता लगाउँदैनौँ। वास्तविकता यो हो, क्रु माइक्रो ग्राविटीमा रहन्छ। त्यसैले उसले आफूलाई स्थिर राख्न सबैभन्दा महत्वपूर्ण हुन्छ। हामीले ट्वाइलेटको छेउमा सानासाना ह्यान्डल बनाएका हुन्छौँ। ट्वाइलेटमा जाँदा त्यसलाई घुमाउने र बस्ने हो। ती स्प्रिङ लोडेड हुन्छन् र त्यसमा तपाईंको जाँघमा अडिइ रहन्छ। तपाईंले यस्तै प्रकारको केही गर्न सक्नुहुन्छ।
जब तपाईं बाथरुम जानुहुन्छ त्यहाँ एउटा फ्यान सिस्टमका माध्यमबाट सक्शन निर्माण गरिन्छ। जुन सानो भ्याकुम क्लिनर जस्तो हुन्छ। नत्र हामी यतिकै रह्यौ भने पल्टिन्छौँ। पृथ्वीमा हामी जे गर्नसक्छौं त्यसो गर्न अन्तरिक्षमा रुकावट पैदा गर्ने तत्त्व गुरुत्वाकर्षण हो। वास्तवमै भन्नु पर्दा मानिसले आफूलाई आवश्यक पर्ने कुराको बाटो आफैँ बनाइहाल्छ।
प्रश्न : तपाईंसँग सिधा प्रश्न गरौँ, अन्तरिक्षमा यौनसम्बन्ध कसरी स्थापित गर्न सकिन्छ?
उत्तर : मेरो विचारमा पृथ्वीमा जसरी हुन्छ त्यसरी नै अन्तरिक्षमा पनि हुन्छ, तर पक्का भन्न सक्दिनँ।
प्रश्न : तर, गुरुत्वाकर्षणबिनै सम्भव होला त...?
उत्तर : त्यसैले त मैले भने त्यहाँ तपाईंले केही न केही उपाय निकालिहाल्नुहुने छ।
प्रश्न : त्यसो हो भने यौन सम्बन्धका लागि बाँध्नु पर्ने त होइन?
मानिसहरूले यसका लागि पनि कुनै न कुनै उपाय निकालिहाल्छन्। यसका लागि तपाईंले डा. रुथसँग कुराकानी गर्नु आवश्यक होला। मैले पहिलोपटक डा. रुथसँग भेट्दा उनलाई पनि यस्तै प्रश्न गरेको थिएँ। त्यसबखत उनको जवाफले म जति दिक्दार भएको थिएँ, अहिले पनि मेरो उस्तै हालत छ।
००
यस्ता, प्रकारका बचाउका समाचार हरेक पटक सञ्चार माध्यममा आउने गरेका छन्। तर, इन्टरनेसनल स्पेस स्टेशन (आइसिसि)मा अन्तरिक्ष यात्रीले यौन सम्बन्ध स्थापित गर्दै आएका छन्। तर, आधिकारी रूपमा नासाले यसको खण्डन गर्दै आएको छ। आइएसएसले अर्बौं डलर खर्च गरेर यस्तो प्रयोगशाल बनाएको छ जसले लगातार पृथ्वीलाई परिक्रमा गर्ने गर्दछ। आइएसएस १८ वर्षदेखि पृथ्वीको तल्लो कक्षमा परिक्रमा गर्दै आएको छ। जसमा हरेक समय मानिसहरू हुने गर्दछन्।
एयरस्पेस फिजिशियन तथा नाशाका अन्तरिक्षयात्री डाक्टर माइकल आर ब्यारेटले पछिल्लो समय विभिन्न चरणमा छिनिएर अन्तरिक्षयात्री आउने भएकाले उनीहरू पूर्णरूपले परिपक्क हुने र जस्तो सुकै अवस्थामा पनि शान्त भएर बस्न सक्ने बताउँछन्। उनी भन्छन्, 'गुरुत्वाकर्षणरहीत अन्तरिक्षमा गर्भधारण र गर्भावस्था कुनै पनि हालतमा हुनु हुँदैन। किनकि अहिलेसम्म हामीहरूले जीवविज्ञानलाई पूर्णरूपमा बुझिसकेका छैनौँ।'
उनका अनुसार पृथ्वीको सुरक्षा कवजभन्दा बाहिर उच्च रेडियशनको सम्पर्कमा अनावश्यक रूपमा रहनु मानवका लागि सबैभन्दा ठूलो चुनौती हो। वास्तवमा पृथ्वीमा हाम्रो जीवनलाई सहारा दिने आदर्श 'गोल्डिलाक्स वातावरण' उपलब्ध गराउँछ। जसले गर्दा हामी सुरक्षित रूपमा बस्न सकेका छौँ।
अन्तरिक्ष जनरल चार्ल्स बोल्डन