दीपक मनाङ अर्थ तथा विकास समितिको सदस्यमा नियुक्त
कास्की । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अर्थ तथा विकास समितिको सदस्य नियुक्त भएका छन्। १३ सदस्यीय समितिमध्ये रिक्त एक सदस्यमा गण्डकी प्रदेशसभाले उनलाई नियक्त गरेको हो।
सभामुख नेत्रनाथ अधिकारीले खाली रहेको पदपूर्ति गरेको बताए। उक्त समितिले विकास निर्माणको कामको अनुगमन र सरकारलाई निर्देशन दिने काम गर्छ। यसअघि उक्त समितिमा १२ जना मात्रै थिए। समितिको सभापति दीपक कोइराला हुन्।
मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र 'ख'बाट निर्वाचित भएका भएका थिए। मनाङे निर्वाचित भएको झन्डै एक वर्षपछि प्रदेशसभा छिरेका थिए। विगतको मुद्दाका कारण उनले ढिलो गरी प्रदेशसभा सदस्यको शपथ लिएका थिए। गत मंसिरमा निर्वाचित भए पनि उनले केही पहिले मात्रै प्रदेशसभा सदस्यको शपथ ग्रहण गरेका थिए।
दीपक मनाङे