News

पर्यटन बोर्डमा १२ करोडको बिलभर्पाई गायब गरे कर्मचारीले 

पर्यटन बोर्डमा १२ करोडको बिलभर्पाई गायब गरे कर्मचारीले 

काठमाडौ । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सवा १२ करोड पैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । 

 

महालेखा परीक्षकको कार्यायले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो । 

 

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटक पटक निदेशन दिए पनि स्रेस्ता हराएको जवाफ दिई बोर्डका अधिकारीले उम्कने प्रयास गर्दैै आएका छन् । 

नागरिक दैनिकबाट
 

विशेष