हिस्सी परेकी ३५–३६ कीसँग किन जान्छन् ज’र्साब मर्निङ वाकमा ?
काठमाडौं । प्रधानसेनापतिले आचरणयुक्त र क्षमतावान सेनाको अवधारणा सुनाएरमात्रै के गर्नु, जर्साबले दिनदहाडै माताजीसँग चर्तिकला देखाएपछि ।
पूर्वीपृतना हेडक्वाटर, इटहरीका दुईतारे प्रमुख समीर शाहीले एकजना माताजीलाई पछि लगाएर मर्निङवाक गर्दै रमिता देखाएपछि सेनापति पूर्णचन्द्र थापा धेरैचोटि जंगीसके । तर, उनी अझै लाइनमा आएनन् ।
माताजी अर्थात झारफुक गर्ने ग्रहदशा हेर्ने हैन, बरु सैनिक संगठनकै ग्रहदशा बिगारिदिने हुने तिनी । ३५–३६ कि महिलासँग जर्नेलले विशेष सम्बन्ध राखेको भनेर पटक पटक जंगी अड्डा र शशीभवनमा खबर पुगिसक्यो । तर, बानी जस्ताको त्यस्तै । हेर्दा राम्री, हिस्सी परेकी छन् । यदि रिक्त एउटा तीनतारे जर्नेलमा बढुवा पाएनन भने समीर असारमा घर फर्किन्छन् ।
यो समाचार जनआस्था साप्ताहिकबाट लिएका हौं ।