मुख्य समाचार News

भरतपुरको वडा कार्यालयमा बम विस्फोट, ६ जना पक्राउ

भरतपुरको वडा कार्यालयमा बम विस्फोट, ६ जना पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका–५ को तोरीखेत स्थित वडा कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुट्नुका साथै विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएका छन् । 

 

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ । घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।  

भरतपुर महानगरपालिका चितवन

विशेष