विदेश

युरोपियन युनियनको कालोसूचीमा थपिए युएईसहित १० देश

युरोपियन युनियनको कालोसूचीमा थपिए युएईसहित १० देश

युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको संख्यामा वृद्धि गरेको छ ।

 

संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो ।

 

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो ।

 

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् ।

युरोपियन युनियन कालोसूची

विशेष