News

छोरी बलात्कार गर्ने बुवालाई ३८ वर्ष कैद 

छोरी बलात्कार गर्ने बुवालाई ३८ वर्ष कैद 

ओखलढुंगा । छोरी बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुंगाले बाबुलाई ३७ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । जिल्लाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती तथा हाडनाता करणी मुद्दामा सो सजाय तोकिएको हो । हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा १२ वर्ष ६ महिना गरी ३७ वर्ष ६ महिना सजाय तोकिएको जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए ।

 

मुलुकी अपराध संहिता कार्यान्वयनमा आएसँगै कसुर अनुसार सजाय निर्धारण गरेर कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले बताए । प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन । पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । उनीविरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो ।  

बलात्कार ओखलढुंगा

विशेष