News अपराध सुरक्षा

विप्लव माओवादीलाई प्रतिबन्ध : सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन

विप्लव माओवादीलाई प्रतिबन्ध : सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन

काठमाडौं : सरकारले विप्लव माओवादीको गतिविधिमाथि प्रतिवन्ध लगाएको घोषणासँगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ । मुलधारको राजनीतिभन्दा बाहिर गएर हत्या हिंसा जस्ता कृयाकलापमा विप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णयपछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्नसमेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

 

विप्लव समूहको पछिल्लो गतिविधि राजनीतिकभन्दा पनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिबन्ध लगाएको हो । विप्लव माओवादीमाथिको प्रतिबन्धपछि सुरक्षा थ्रेड बढेको विष्लेषण गर्दै सरकारले उसको गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएसँगै तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो ।

 

सरकारले विप्लव माओवादीको हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै मुलुकभर सुरक्षा ब्यवस्था मजवुत बनाउन नेपाल प्रहरीका सबै कार्यालयलाई हाइअर्लटमा रहन निर्देशन दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिए । बिप्लव माओवादी निर्वाचन आयोगमा पनि दर्ता नहुने तर राजनीतिक दलको रुपमा मुलुकभर हिंसात्मक गतिबिधि गर्न थालेपछि उसको गतिविधिमा रोक लाग्नु स्वभाविक भएको बताउदै उनीहरुका कार्यकर्ता तथा नेताले हिँड्डुल गर्न नपाउने भन्ने होइन तर उनीहरुले राज्यलाई चुनौती दिएर अब कुनै पनि गतिविधि गर्न नपाउने बताए ।

 

सरकारले सुरक्षा फौज रहेको स्थान र त्यहां कार्यरत सुरक्षाकर्मीको अवस्थाको वारेमा जानकारी लिन पनि सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । सरकारको निर्देशनअनुरूप देशभरका सबै युनिटलाई उच्च सर्तकता उप्नाउन निर्देशन दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिए । उनले  भने –सबै युनिटलाई आफ्नो व्यक्तिगत सुरक्षा र आफ्नो कार्यक्षेत्रलाई सुरक्षित राख्न निर्देशन दिएका छौँ ।

 

बिप्लव माओवादीले गर्न सक्ने ध्वंम्सात्मक गतिविधिलाई नियन्त्रण गर्न तथा उनीहरुबाट हुने कुनै पनि गतिविधि बैधानिक नहुने भएकाले नियन्त्रण गर्न देशभरका सबै युनिटलाई निर्देशन दिएको जाकारी दिए।

 

नेपाली सेनाले समेत अहिलेको अवस्थालाई नजिकबाट निहाली रहेको र विप्लवका कार्यकर्ताबाट हुने गतिविधिको बिष्लेषण गरीरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी याम ढकालले जानकारी दिए । विप्लव मओवादीले बिहीबार गर्ने भनिएको नेपाल बन्द विफल बनाउन सबै सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ । अहिले राजधानी लगायत मुलुकभर सुरक्षा ब्यवस्था कडा पारिएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

विप्लव माओवादी सुरक्षा निकाय

विशेष