News राजनीति

विप्लवका कार्यकर्तामाथि झन् कडा बन्दै सरकार, शान्तिपूर्ण भेला गर्न पनि नपाउने

विप्लवका कार्यकर्तामाथि झन् कडा बन्दै सरकार, शान्तिपूर्ण भेला गर्न पनि नपाउने

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी बढाउने र शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति लिएको छ । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि उसका सबै गतिविधि निस्तेज बनाउन प्रहरीले कारबाही अगाडि बढाउने भएको हो ।

 

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शान्तिपूर्ण भेला हुन पाउने नागरिकको संवैधानिक हक भए पनि सरकारको नीतिअनुसार चन्द समूहलाई त्यस्तो गतिविधि गर्ने छुट नभएको बताए । 'अपराधिक क्रियाकलापमा संलग्नले शान्तिपूर्ण भेला हुन पनि पाउँदैनन्' उनले भने। 

 

प्रहरीले चन्द समूहमा आबद्ध हुने जतिलाई पक्राउ गर्ने र हिंसात्मक तथा आपराधिक गतिविधिमा संलग्न भेटिए फौजदारी अपराधको मुद्दा चलाउने र समान्य गतिविधि वा भेला मात्रै गरेको भए पनि सार्वजनिक सुरक्षा ऐनअनुसार कारबाही गर्ने नीति अख्तियार गर्ने देखिन्छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

विप्लव नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष