News राजनीति

जनार्दन शर्मा भन्छन् : प्रतिबन्ध लगाउनु र बम पड्काउनु समाधान होइन

जनार्दन शर्मा भन्छन् : प्रतिबन्ध लगाउनु र बम पड्काउनु समाधान होइन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सरकारले नेत्रविक्रम चन्द 'विप्लव'माथि प्रतिबन्ध लगाउनु गलत भएका बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले विप्लवको हिंसा पनि गलत भएको बताए ।

 

सरकारले गत मंगलबार विप्लव नेतृत्वको नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । उक्त घोषणालाई लिएर पार्टीभित्रै मतान्तर देखिरहेका बेला नेता शर्माको पछिल्लो टिप्पणी आएको हो ।

 

शर्माले माइक्रो ब्लगिङ साइट ट्विटमा टिप्पण लेख्दै सरकार र विप्लव दुवैको गतिविधि गलत भएको बताएका हुन् । उनले सरकार पक्ष र विप्लव पक्ष दुवैलाई सम्वादमार्फत समस्याको समाधान खोज्नसमेत आग्रह गरेका छन् ।

 

'प्रतिबन्ध समाधान होइन बम पडकाउनु त झन हुँदै होइन चाहिएको हो समाधान। उनले ट्विटमा लेखेका छन्, 'संविधानभित्रै मत, जनमत र अभिमत मार्फत खोजौ आ-आफना समाधान ।'

जनार्दन शर्मा

विशेष