News मुख्य समाचार

उपलब्धिमूलक कार्यक्रम ल्याउन काउन्सिललाई सञ्चारमन्त्रीको निर्देशन

उपलब्धिमूलक कार्यक्रम ल्याउन काउन्सिललाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक हप्ताभित्र उपलब्धिमूलक कार्यक्रम बनाएर ल्याउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिएका छन् ।

प्रेस काउन्सिल नेपालको आज सम्पन्न वार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले नियम र कानून कुनै पनि प्रस्ताव नरोकी यथाशीघ्र कार्यान्वयनमा ल्याइने बताए । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै तयार भएका ऐन, विनियमावली, निर्देशिका यथाशीघ्र स्वीकृत हुनुपर्ने बताए । 

गोकुल बास्कोटा प्रेस काउन्सिल प्रेस काउन्सिल नेपाल संचारमन्त्री

विशेष