हुम्लामा चैतमा पनि हिउँ, तापक्रम माईनस ४ डिग्री

सिमकोट । चैत महिना लागे पनि हुम्लामा हिमपात भएको छ । बिहीबार रातीबाट हिमपात भएको हो । जमिनमा बिहानसम्म आधा फिट हिउँ जमेको छ । हिउँ पर्ने क्रम जारी छ । हिमपातसँगै चिसो बढेपछि तापक्रम माईनस चार डिग्रीमा झरेको छ ।
अघिल्लो हिउँ जमि रहेको बेला पून हिमपात हुदा माथिल्लो हुम्ला सेताम्मे भएको छ । अझ नाम्खा गाउँपालिकाका उच्च बस्ती, चाला, मुचु, तुम्कोट, यारी र लिमीमा धेरै हिपात भएको छ । लिमी फेरी सम्पर्क विहीन भएको छ । यस बर्षको यो बाह्रौं हिमपात हो ।
हुम्ला हिमपात