विदेश

न्युजिल्यान्ड मस्जिद हमलामा मृत्यु हुनेको संख्या ४० पुग्यो‍, ४८ घाइते

न्युजिल्यान्ड मस्जिद हमलामा मृत्यु हुनेको संख्या ४० पुग्यो‍, ४८ घाइते

न्युजिल्यान्डको क्राइस्टचर्च शहर नजिक रहेका दुईवटा मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा गोली लागेर मृत्यु हुनेको संख्या ४० पुगेको छ। नुर मस्जिद र लिनफुड मस्जिदमा बन्दुकधारीहरूले चालएको गोली लागेर ४० जनाको मृत्यु भएको न्युजिल्यान्डकी प्रधानमन्त्री जैसिन्डा अर्डर्नले पुष्टि गरेकी हुन् ।

 

क्राइस्टचर्च अस्पतालमा ४८ घाइतेको उपचार भइरहेको कन्टेब्रुरी जिल्लाका स्वास्थ्य प्रमुख डिभिट मिट्सले बताए। उनले उक्त अस्पतालमा बालबालिकादेखि वृद्धसम्मको उपचार भइरहेको जनकारी दिएका छन्।

 

उक्त घटनामा ५० राउन्डभन्दा बढी फारिङ भएको स्थानीय प्रहरीले जनाएको छ। उक्त गोलीबारीमा संलग्न भएको आशंकामा चार जनालाई न्युजिल्यान्ड प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। नियन्त्रणमा रहेका मध्ये तीन जना पुरुष र एक जना महिला रहेको प्रहरीले जनाएको छ ।

 

यसअघि न्युजिल्यान्डका प्रधानमन्त्री जैजिन्डा अर्डर्नले उक्त घटनालाई लिएर विज्ञप्ति जारी गर्दै यो घटना न्युजिल्यान्डकै सबैभन्दा कालो दिनको बताएकी छन् । उनले यस्तो वीभत्स घटना घटाउनेलाई कडाभन्दा कडा सजाय हुने बताइन् ।

 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले न्युजिल्यान्डको क्राइस्टचर्च शहरका दुई मस्जिदमा भएका गोलीबारीका घटना निन्दनीय भएको बताएका छन् । 'अहिलेसम्म अवस्थाका बारेमा सम्पूर्ण विवरण नआएको भएता पनि हाम्रो प्राथना तपाईंहरूको साथमा छ' उलने ट्विट गर्दै भनेका छन् ।

 

उक्ट घटनामा बंग्लादेशी क्रिकेट टोली बल-बल बचेको छ। गोलीबारीको सूचना पाएलगत्तै केही व्यक्तिको मद्दतबाट उनीहरू भागेर ज्यान बचाउन सफल भएका थिए । गोलीबारीको घटनापछि बंग्लादेश–न्यूजिल्याण्डबीचको तेस्रो टेस्ट खेल स्थगित पनि स्थगित भएको छ ।

न्युजिल्यान्ड

विशेष