लोकसेवाको कार्यतालिका अवरुद्ध
काठमाडौं । लोकसेवा आयोगको कार्यतालिका (क्यालेन्डर) यो वर्ष अवरुद्ध भएको छ । कर्मचारी समायोजनको संक्रमणकालीन अवस्थाका कारण यस वर्ष आयोगले नियमित परीक्षा सञ्चालन गर्न सकेन । वार्षिक पाँच-छ लाखदेखि नौ लाख लोकसेवामा सहभागी हुन्छन् । अघिल्लो आर्थिक वर्ष ५ लाख ५७ हजारले विभिन्न पदमा दरखास्त दिएका थिए ।
आर्थिक वर्ष २०७३ ७४ मा ८ लाख ४४ हजारको दरखास्त परेको थियो । सबैभन्दा धेै दरखास्त आह्वान हुने प्रशासन सेवा समूहमा यो वर्ष विज्ञापन नै गरिएन् । न्याय, संसद् सचिवालयलगायत केही सेवा समुहमा सीमित विज्ञापन गरिएको लोकसेलाले जानकारी दिएको छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
कर्मचारी समायोजन लोकसेवा आयोगको कार्यतालिका क्यालेन्डर