News

फेसबुक प्रेमी भेट्न जाँदा सामूहिक बलात्कार  

फेसबुक प्रेमी भेट्न जाँदा सामूहिक बलात्कार  

सुर्खेत । फेसबुकमै चिनजानका आधारमा भेटघाट गर्न जाने हामी सबैको बानी नै बसिसकेको छ। तर, यसरी भेटघाट गर्नुअघि धेरै कुरा सोच्नुपर्छ भन्नेतर्फ हाम्रो ध्यान नै जाँदैन। अब यस्तो बानीमा सुधार गर्नुपर्ने देखिएको छ। किनकी जुनसुकै अपरिचित व्यक्तिले तपाईंसँग भेट गरेर फाइदा उठाउन सक्छ। सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन्। फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्। 

 

दिउँसो २ बजे वीरेन्द्रनगर ९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएको छ। वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया  किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका किशोर १६ वर्षका हुन्। उनको नाम गोप्य राखिएको छ।

 

उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन्। पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन्। पक्राउ परेका किशोरले उनीहरुबीच २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 

सामूहिक बलात्कार फेसबुक प्रेमी

विशेष