News

चावहिल क्षेत्रमा भोलि तीन घण्टा बिजुली बन्द हुने

चावहिल क्षेत्रमा भोलि तीन घण्टा बिजुली बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म चावहिल क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरण ग्रिड विभागले सूचना निकाल्दै उक्त कुराको जानकारी दिएको हो।

 

चावहिल क्षेत्रको स्वीच गार्ड मर्मत गर्नुपर्ने भएकोले सो क्षेत्रमा शनिबार दिउँसो विद्युत आपूर्ति बन्द गरिने हो। सो क्षेत्रका चाबहिल, गौसाला, मुलपानी, कपनलगायत क्षेत्रमा विद्युत जाने र सो क्षेत्रमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै ग्रिड विभागले सूचना निकालेको छ।

विद्युत् प्राधिकरण

विशेष