संविधानमा सबैका अधिकार सुनिश्चित : तुम्वाहाङ
विराटनगर। प्रदेश नं १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङले नेपालको संविधानले सबै जातजातिका अधिकारलाई सुनिश्चित गरेको बताएका छन् ।
नेपाल दशनामी समाजको पाँचाँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै तुम्वाहाङले सन्यास प्रमुख जीवनशैली रहेको यो समाजले आफ्नो पहिचान र अधिकारका लागि निकै सङ्घर्ष गरेको चर्चा गरे ।
हिंसामुक्त समाज र मेलमिलापको सिद्धान्तलाई अङ्गीकार गरको यो समाजले आपसी एकता र भाइचाराका सम्बन्धलाई विकसित गर्दै लैजानुपर्ने सुझाव दिँदै प्रमुख तुम्वाहाङले मुलकका सबै जातजातिको पहिचान र मौलिकतालाई संरक्षण गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकार र पहिचानको लडाइँमा दशनामी समाज ऐक्यबद्ध भएर लाग्नुपर्ने बताए ।