बागमतीमा साढे चार अर्ब कुम्ल्याउने तयारी
काठमाडौं । भूमाफिया र शक्ति दालाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिने प्रपञ्च भएको पाइएको छ ।
राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमी नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।यहि समितिअन्तर्गत बागमती विकास आयोजना सञ्चालित छ ।
मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ । उक्त क्षेत्र काठमाडौं महानगरपालिका वडा ६,८ र ९ गोकर्णेश्वर र कागेश्वरी नगरपालिकामा पर्छ ।
नागरिक दैनिकबाट