घाँस–दाउरा गर्न तिरो भारतलाई
काठमाडौं । उनीहरु नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकमै पुग्नुपर्छ । तर उनीहरुले बर्सेनि भारतीय प्रशासनलाई तिरो तिर्छन । तिरोमा नगद र जिन्सी दुवै पर्छ ।
नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका ३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुर का बासिन्दाले हरेक माघ १ गते निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् ।
मोहनपुरका ६१ घरपरिवारले चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका छन् ।
कान्दिपुर दैनिकबाट